अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

चिनिया राजदूत र नेकपाका शीर्ष नेताबीच छलफल

बिआरटीनेपाल २०७७ वैशाख १९ गते ६:४८ मा प्रकाशित

नेपालका लागि चिनिया राजदूत हउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेतासँगको भेटलाई तीव्रता दिनुभएको छ । यान्छीले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डलाई भेटेलगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो । नेकपामा अन्तरविरोध चर्किएका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय