रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ। अधिकारीको काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।
दिवंगत अधिकारीको गएराति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्ड गर्नुभएको थियो । उहाका “चरी भुर्र उडी घरमा मेरो जा”, “मेरो मुटुको माझमा ” जस्ता गीतहरु कालजयी रहेका छन् ।
२०६३ सालमा उहाँका बारेमा ५६ वर्षपछि…….. नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो । नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहनुभएका रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गर्नुभएको थियो ।
