अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

व्यवसायी अग्रवाल धरौटी बुझाएर छुटेलगत्तै पुन पक्राउ

बिआरटीनेपाल २०७७ वैशाख १८ गते ७:२९ मा प्रकाशित

कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरि पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

अकुत सम्पत्ति आर्जन गरेको हकमा निजि क्षेत्रका लागि सम्पत्ति शुद्धीकरण विभाग र सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दछ। कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवालसँग न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेक बहसपछि २५ लाख ५० हजार धरौटी मागेको थियो। धरौटी बुझाएर उनी अपरान्ह छुटेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो। ४÷५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप छ । चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य लिएर बेचेको आरोप लगाईएको छ ।

प्रहरीले पक्राउ गरेलगत्तै परराष्ट्र मन्त्रालयले यसअघि उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो। उनले सरकारी सेवासुविधा बापत प्राप्त गर्ने निलो नम्बर प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारी गरेको प्रहरीको दावी थियो। अग्रवालबिरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय