अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

मुलुकमा कोरोना संक्रमित ४१ जनाको स्वास्थ्य अवस्था सामान्य, ५८ हजार ८ सय बढी परिक्षण

बिआरटीनेपाल २०७७ वैशाख १८ गते ७:२१ मा प्रकाशित

मुलुकमा कोरोना संक्रमित ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ८ जना र विराटनगरमा ३१ जना गरी कुल ४१ जनाको उपचार भइरहेको छ ।

हाल कोरोना भाइरस संक्रमितको संख्या भने ५७ नै छ, जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ६ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसिआरबाट १२ हजार ११ र र्यापिड टेस्टबाट ४६ हजार ८ सय ६० गरी कोरोना भाइरसको ५८ हजार ८ सय ७१ कुल परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा हाल देशभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा र ८० जना आइसोलेसनमा रहेको जानकारी दिईएको छ । कोरोना संक्रमणको रेडजोनमा देशभर ३ सय १२ जना रहेका छन् जसमा गत चौबीस घन्टामा २ जना रेड जोनमा परेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय