अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 23:39

दक्षिण कोरियामा बन्दै गरेको भवनमा आगलागी, कम्तीमा ३८ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ वैशाख १७ गते २२:०१ मा प्रकाशित

दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ । आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।

एक जना अझै हराइरहेको बताइएको छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय