अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 23:38

विश्वका झन्डै आधा कामदारले रोजगारी गुमाउन सक्ने आइएलओको चेतावनी

बिआरटीनेपाल २०७७ वैशाख १७ गते २१:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले विश्वका झन्डै आधा कामदारले रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ । आइएलओले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वका झन्डै डेढ अर्वभन्दा बढी मानिसले रोजगारी गुमाउने चेतावनी दिएको हो ।

संयुक्त राष्ट्र संघसँग आवद्ध रहेको आइएलओका अनुसार असंगठित रुपको पेशा, खुद्रा व्यापार, उद्योग, खाद्य उद्योग जस्ता क्षेत्रमा काम गर्ने मजदूरलाई यसको सबैभन्दा बढी प्रभाव पर्नेछ । आइएलओले महामारी सुरु भएको एक महिनामै असंगठित क्षेत्रका झन्डै दुई खर्ब कामदारको तलब ६० प्रतिशत घटाएर ३६ मा झारिएको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय