गणेशमान सिंह अध्ययन प्रतिष्ठानले अहिलेकै अवस्थामा मुलुकमा जारी लकडाउनलाई निरन्तरता दिन अनुपयुक्त हुने ठहर गरेको छ । मुलुक गत चैत्र ११ गतेदेखि लकडाउनमा रहेको र समाजिक जनजीवन संगै अर्थतन्त्रमा समेत ठुलो असर परिसकेकाले मानव जीवनको रक्षाको आवश्यकता , अवस्था र औचित्यलाई दृष्टिगत गरी बिशेष स्थानहरुमा खुकुलो गर्दै लैजानुपर्ने प्रतिष्ठानले ठहर गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष नविन्द«राज जोशी नेतृत्वको राहत तथा प्याकेज प्रवद्र्धन अध्ययन समितिले अध्ययन जारी राखेको उल्ल्ेख गर्दै छिट्टै नेपाल सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ । एसईइ परिक्षा सदाका लागि अन्त्य गनुपर्ने , कक्षा ११ को परिक्षाको हकमा अघिल्ला परिक्षाको मुल्यांकनको आधारण प्रमाणपत्र वितरत गर्नुपर्ने, र १२ को परिक्षा कोरोना संक्रमणको जोखिम अन्त्य भएसंगै साबधानीका साथ संचालन गर्नुपर्ने प्रतिष्ठानले निष्कर्ष निकालेको छ ।
