अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 20:56

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको निधन

बिआरटीनेपाल २०७७ वैशाख १६ गते २२:११ मा प्रकाशित

अमेरिकामा कोरोना संक्रमणका कारण थप एक नेपालीको ज्यान गएको छ । भर्जिनिया सेन्टरभिलमा बस्दै आएका महेश पन्थीको मंगलबार कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो। स्थानिय फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा २० दिनदेखि उपचाररत् पन्थीको निधन भएको बताईएको छ ।

ललितपुर कुपण्डोलका पन्थी नेपालमा रहँदा फ्रेन्डस क्लबबाट फुटबल खेल्ने गर्नुहुन्थ्यो । न्युयोर्कबाहिर कोरोना संक्रमणबाट प्रभावित र निधन हुने नेपाली मूलका मानिस को संख्या कम्ती नै रहेको छ ।

नेपाली मुलका मानिसको संख्या अमेरिकाका ५० राज्यमध्ये सबैभन्दा धेरै पूर्वी तटीय राज्यहरूमा छ, जसमा न्यूयोर्क, म्यासच्युसेट्स, कनेक्टिकट, भर्जिनिया, राजधानी डिसीलगायतमा २५ प्रतिशतको बसोबास भएको अनुमान गरिन्छ । सबैभन्दा धेरै टेक्सस, ओक्लहोमा, लुजियानालगायत राज्यहरूमा १५ प्रतिशत नेपाली रहेका छन् ।

प्रतिक्रिया