अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

ज्ञानेन्द्र शाही बन्दी प्रत्यक्षीकरणबाट रिहा

बिआरटीनेपाल २०७७ वैशाख १६ गते ६:४६ मा प्रकाशित

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएलगत्तै शाही छुटेका हुन् ।

केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको थियो। सोही रिटमाथि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो।

आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको थियो। शक्तिराज शाही पनि छुटेका छन्।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीद्वयलाई छाड्ने आदेश दिएको हो। शाहीद्वयलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय