अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

सञ्चार मन्त्रालयद्धारा रेडियो नेपालका कार्यकारी निर्देशक कार्की र समाचार प्रमुख लम्सालसँग प्रष्टिकरण माग

बिआरटीनेपाल २०७७ वैशाख १६ गते ६:४५ मा प्रकाशित

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की र समाचार प्रमुख नवराज लम्सालसँग सूचना तथा सञ्चार मन्त्रालयले प्रष्टिकरण सोधेको छ। सोमबार बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै स्पष्टिकरण सोधिएको हो ।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर, पंगु, अभिनायवादी जस्ता शब्द प्रयोग गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्यालयको दबाबपछि सोमबार नै रेडियो नेपालले माफी माग्दै अनलाइन संस्करणबाट भट्टराईंसँग गरेको अन्तरवार्ता हटाएको थियो। कार्कीलाई यसअघि काम सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्ले नै प्रष्टिकरण सोधेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय