अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

मुलुकमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, थप २ जना संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १६ गते ६:४० मा प्रकाशित

मुलुकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको जानकारी दिनुभयो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा २४ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। ती व्यक्तिहरुलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएको छ। कोरोना संक्रमितमध्ये १६ जना निको भइसकेका छन्।

मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ४४ हजार १९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ८०७ परीक्षणहरु भएका छन्। दुवै विधिबाट ५४ हजार ८ सय २६ नमुना परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा मुलुकमा १०७ जना आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ९९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय