अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११
| Colorodo: 02:26
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबचि टेलिफोन वार्ता भएको छ । वार्तामा राष्ट्रपति सी ले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको छ । सोमबार साँझ टेलिफोनमा कुरा गर्दै सीले कोरोनाविरुद्धको लडाइँमा चीन नेपालको साथमै रहेको बताउनुभएको हो ।
सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न सी संग आग्रह गर्नुभएको छ । सो अवसरमा सीले निरन्तर सहयोगको प्रतिवद्धता जनाउनुभयो ।

??????