महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर २ लाख १२ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट ३० लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोनाभाइरस सम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको वल्र्र्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख ३४ हजार ८ सय ७८ जना उपचारपछि घर फर्किएका छन् ।
अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९ सय ७७ , स्पेनमा २३ हजार ८ सय २२ जना, फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार ३ सय ३१, जर्मनीमा ६ हजार १ सय २६ जना, नेदरल्यान्ड्समा ४ हजार ५ सय ६६ जना, स्वीडेनमा २ हजार २ सय ७४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६ सय ७७ जना, आयरल्यान्डमा १ हजार १ सय २, पोर्चुगलमा ९ सय ४८ जना तथा रसियामा ८ सय ६७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ८ सय ७७ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६ सय ३ जना, टर्कीमा २ हजार ९ सय जना, क्यानडामा २ हजार ७ सय ७ जना, मेक्सिकोमा १ हजार ४ सय ३४ जना, भारतमा ९ सय ३९, इन्डोनेसियामा ७ सय ७३ जना, इक्वेडरमा ६ सय ६३ जनाको मृत्यु भएको छ ।
