अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 19:17

स्वीजरल्याण्डको हिमालमा नेपाली झण्डा चम्कियो

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:४८ मा प्रकाशित

विश्व अहिले कोरोना भाइरसविरुद्ध लडिरहेका बेला सबैमा हिम्मत र एकता जुटाउन आवश्यक रहेको अवस्थामा सोही भावनालाई जागृति गराउने उद्धेश्यले स्विजरल्याण्डमा गरिएको एउटा नयाँ प्रयोगले विश्वको ध्यान केन्द्रीत भईरहेको छ । कोरोना भाइरसविरुद्धको लडाइँ जित्न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा विभिन्न देशको झण्डा चम्काइएका छन् । तेजिला बत्तीहरुबाट झण्डा बनाएर हिमालमा राखिएका छन् । जसमा नेपालको झण्डा पनि राख्ने गरिएको छ ।

स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको बताइएको छ ।

‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्यवद्धता सन्देश पठाउँछौं ।’, त्यहाँ झण्डा राख्ने संस्थाको ट्विटरमा भनिएको छ ।

प्रतिक्रिया