अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८
| Colorodo: 20:03
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आजदेखि आफ्नो नियमित काममा फर्किनुभएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण एक महिनापछि उहाँ काममा फर्किनुभएको हो । ५५ वर्षका प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणका पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएको थियो ।
एक साताको अस्पताल बसाईपछि स्वस्थ भएर फर्कनुभएका जोनसोन थप एक साता घरमै आराम गरेर आजबाट नियमित काममा फर्कनु भएको हो । बेलायती विदेशमन्त्री डोमिनिक राबले सोमबारलेखि प्रधानमन्त्री आफ्नो काममा फर्किने जानकारी दिएका हुन् ।
जोन्सनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आउनुभएको थियो । बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ भने १ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।