अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 21:03

लकडाउनका समयमा महिलाका समस्या ओझेलमा

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:४६ मा प्रकाशित

कोभिड १९ का कारण प्रहरी प्रशासनको सक्रियता अरु तिर नै भएपछि महिला हिंसाका घटना बढेको पाइएको छ । अहिले प्रहरीको पहिलो लक्ष्य मुलुकमा कोरोनाको सङ्क्रमण बढ्न नदिनेतर्फ भएको बेलामा महिलाका समस्या ओझेलमा परेका छन् । लकडाउनका बेला आएका महिला हिंसाका उजुरीलाई प्रहरीले घरमै मिलाउनु भनी पठाउँने गरेको पनि पाइएको छ ।

राष्ट्रिय महिला आयोगलाई घरभित्र भएका महिला हिंसा समाधान गर्न पनि समस्या भएको छ । आयोगमा घरेलु हिंसा भएका टेलीफोन आउने क्रम बढेको छ । हटलाईन नम्बर ११४५ मा घरायसी झगडाका घटना बढी आउने गरेको राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले बताउनुभयो ।

समस्यामा परेका महिलालाई आयोगले सुरक्षीत आवास, मनोसामाजीक विमर्श दिने र मेलमिलापको प्रयास गर्ने गरेकोछ । विपदमा परेका महिलालाई मन्त्रालयसंग समन्वय गरेर काम गरिरहेको आयोगले जनाएको छ । लकडाउन यता आयोगमा २१ वटा घरेलु हिंसाका उजुरी आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू