अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५
| Colorodo: 21:00
पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले आज उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्र्कीले जानकारी दिनुभयो । अदालतको आदेशसंगै उपाध्याय आजै छुट्नुभएको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्यायलाइ प्रहरीले पक्राउ गरेको थियो । पूर्वसचिव उपाध्यायविरुद्ध हिजो साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उहाँलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।
