अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

प्रधानमन्त्रीको आलोचना भएको भन्दै डा. बाबुराम भट्टराईको अन्तर्वार्ता हटाईयोे, रेडियो नेपालले क्षमा माग्यो

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:४५ मा प्रकाशित

रेडियो नेपालले डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता अनलाइनबाट हटाएको छ। रेडियो नेपालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमायाचनासहित डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता हटाएको जानकारी गराएको हो।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवाद अन्तर्गत सोमबार विहान ६स्३० बजे समाचार प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुस्खी तुल्याएको छ। सो कार्यक्रम लाइभ प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौँ।’

यसका साथै रेडियो नेपालले अब उप्रान्त प्रसारण गर्ने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहेन समेत जनाएको छ। रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवादमा सोमबार समाचार प्रमुख डा. नवराज लम्सालले चलाउनुभएको थियो । रेडियो नेपालले उक्त कार्यक्रम अनलाइनबाट हटाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय