अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 20:33

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ७ हजार ८ सय बढीको मृत्यु, ३० लाख १३ हजार ८ सय संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:४० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ७ हजार ८ सय ९४ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ८ लाख ८८ हजार ३ सय ३९ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट ३० लाख १३ हजार ८ सय ३ जना संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ५५ हजार ४ सय १५ जनाको ज्यान गएको छ भने ९ लाख ८७ हजार ३ सय २२ जनामा संक्रमण भेटिएको छ । इटालीमा २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार ६ सय ७५ जना संक्रमित छन् । स्पेनमा २३ हजार ५ सय २१ जनाको ज्यान जाँदा २ लाख २९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २२ हजार ८ सय ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यसैगरी संक्रमितको संख्या १ लाख ६२ हजार १ सय रहेको छ । बेलायतमा २० हजार ७ सय ३२ जनाको ज्यान गएको छ र १ लाख ५२ हजार ८ सय ४० जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ८ सय ६ र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ९ सय ८४ र बेल्जियममा ७ हजार २ सय ७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा सवैभन्दा बढी ८ सय ८४ जनाको ज्यान गएको छ भने २७ हजार ९ सय ७७ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा २ सय ८१ जनाको ज्यान जाँदा १३ हजार ३ सय २८ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बंगलादेशमा १ सय ५२ जनाको ज्यान जाँदा ५ हजार ९ सय १३ जना संक्रमित छन् । अफगानिस्तानमा ५७ जनाको मृत्यु हुँदा १ हजार ७ सय ३ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ५ सय ६७ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा २ सय १४ , नेपालमा ५२ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू