अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

सरकारविरुद्ध एक भएर संघर्ष गर्ने कांग्रेस लगायतका बिपक्षी दलहरुको निर्णय

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:३३ मा प्रकाशित

विपक्षी दलहरुले नेकपा नेतृत्वको वर्तमान सरकारविरुद्ध आक्रामक संघर्ष गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेकपाभित्रैबाट सरकारमाथि प्रहार भइरहेका बेला विपक्षी दलहरुले पनि सरकारविरुद्ध एक भएर संघर्ष गर्ने भएका हुन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको दाबी गर्दै विपक्षी दलहरु कांग्रेस, जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

विपक्षी दलहरुले गरेको निर्णयमा लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिदै यो सरकार सर्वसत्ततावादतर्फ अग्रसर भएको औंल्याईएको छ । सरकारको यस्तो प्रवृत्तिको घोर भत्सना गर्दै स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता जनाईएको छ ।

प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे पनि उल्टै मधेसी दल एकीकरण भएपछि उहाँले अध्यादेश नै फिर्ता लिनुभएको थियो । उक्त निर्णयपछि नेकपाभित्र बढेको असमझदारी बढ्दै जाँदा ओलीलाई नै पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउने कसरत भइरहेको छ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापित शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि समाजवादीका महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायका नेता सहभागी हुनुहुन्थ्यो ।

Opposition parties’ meeting

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय