गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्युयोर्कका नेपालीहरूलाई यस फाउन्डेसनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अग्रसर छ । सेवा नै धर्म हो भन्ने मूल नारा का साथ फाउन्डेसन अघि बढी रहेको छ ।
न्युयोर्क राज्यका सेनेटर जोन सी. ल्यु को पहलमा Buddhist Tzu Chi Charity Foundation, Flushing, New York ले २ हजार थान सरजिकल मास्क र न्वाला व’दोहरथी- समाजसेवी एवम् ज्याक्सन हाईट्स व्युटिफीकेसन ग्रुप, नन प्रफिट संस्था की अध्यक्षले चामल, बेबी वाईप्स, ब्लिच, ग्लोभ्स, बेबी मिल्क र बेबी डाईपरहरु गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकालाई सहयोग गर्दै दान गर्नु भयो । सहयोग सामग्रीहरूको हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामाको उपस्थिति थियो ।
यसै क्रममा छिरिङ राष्के लामाले १ हजार थान सरजिकल मास्क नेपाल आदिवासी जनजाति महासघं अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गलाई हस्तान्तरण गर्नु भयो । सेवा कै क्रममा राप्के लामाले ५०० मास्क घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमाे, घ्याल्सुम्दाे समाजकै ६ परिवारलाई बेबी वाईप्स, बेबी मिल्कहरु र भोइस फर युथ, न्युयोर्कका नेपाली विद्यार्थीलाई २० पाउन्डको चार ब्याग जम्मा ८० पाउन्ड चामल हस्तान्तरण गर्नु भयो ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका न्युयोर्क राज्यका सेनेटर जोन सी. ल्यु र न्वाला व’दोहरथी लाई ह्रदय देखि धन्यवाद एवम् आभार प्रकट गर्दछ । केही रहेका सामग्रीहरू छिरिङ राष्के लामाले नेपाली समुदायमा वितरण गर्नु हुनेछ र कृपया वहासंग (347) 652-3683 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।