अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच रातारात छलफल

बिआरटीनेपाल २०७७ वैशाख १४ गते २१:५५ मा प्रकाशित

पार्टी विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी र रद्द गरी विवाद र व्यापक आलोचनाको केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार राति अवेरसम्म छलफल भएको छ । उहाँहरुबीचको भेटघाटपछि राजनीतिक अड्कलबाजीले तीव्रता पाएको छ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको ४७ सदस्यीय स्थायी समितिमा केही मन्त्रीलगायत अधिकांश सदस्यहरु ओलीको विकल्प खोजीमा लाग्ने निश्चित भएपछि आइतबार राति ओली र भण्डारीबीच शीतलनिवासमा करिब डेढ घन्टा भेटघाट भएको हो। आफूलाई हटाउने कुनै अभियान पार्टीभित्रै चलेमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने धम्की असन्तुष्ट नेता पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल तथा अन्य केही नेतालाई ओलीले दिँदै आए पनि आइतबार रातिको बैठकमा त्यसबारे छलफल भएको कुनै संकेत पाईएको छैन ।

तर कुनै पनि तरिकाले ओलीलाई हटाउने र राष्ट्रपतिको पनि आलोचना स्थायी समितिमा हुने हो भने प्रधानमन्त्री जुनसुकै हदसम्म पनि जानसक्ने बताईएको छ । राष्ट्रपति र प्रधानमन्त्री दुवैसँग निकट नेकपा स्रोतले जनाएअनुसार दुवै जना सामु अस्तित्वको संकट आइपरेकाले अत्यन्त प्रतिकूल परिस्थितिमा कस्तो कदम उठाउनेबारे दुईबीच छलफल भएको अनुमान गरिएको छ ।

??????

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय