अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६
| Colorodo: 22:11
देशभरको मौसम सोमबार दिनभर सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको मौसमविदले बताएका छन् । अहिले देशका अधिकांश सामान्य बदली भई वर्षा भएको छ ।
सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
