अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८
| Colorodo: 22:13
नेपाल सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन सुरु गरेको थियो । त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।
नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्। यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।
