अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

पार्टीभित्र एकता र सहमतिविपरीत षड्यन्त्र र छलछामको पराकाष्ठा– प्रम सल्लाहकार थापा

बिआरटीनेपाल २०७७ वैशाख १४ गते ७:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामको पराकाष्ठा देखिएको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै थापाले हङ्ग पार्लियामेन्ट भयो भनेर जनताले दुईतिहाइ दिएपनि पार्टी नै हङ्ग भएको गुनासो गर्नुभयो ।

“हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ ! जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामहरू गर्ने शिलशिलाको पराकाष्ठा ।

कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल, नेकपाको नाममा,” थापाले फेसबूकमा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय