अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९
| Colorodo: 21:44
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका बारेमा चिकित्सकहरूसँग परामर्श गरेको छ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा चिकित्सकहरूलाई डाकेर कोरोना भाइरसको संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सावधानीलगायतका विषयमा छलफल गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टीका पदाधिकारी र स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच छलफल भएको जनाईएको छ ।
प्रवक्ता शर्माका अनुसार कांग्रेसले बैठकमा विगतका सरकारका पालमा पार्टीका तर्फबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरूलाई पनि छलफलका लागि बोलाईएको थियो । कांग्रेसका तर्फबाट विगतमा स्वास्थ्यमन्त्रीको जिम्मेबारी सम्हालिसकेका केन्द्रीय सदस्य त्रय अर्जुन नरसिंह केसी, उमाकान्त चौधरी र गगनकुमार थापा छलफलमा सहभागी हुनुहुन्थ्यो ।
