अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

नेकपा नेता गौतमको प्रष्टिकरण– “प्रधानमन्त्रीलाई पार्टीका समस्या बैठक बसेर समाधान गरौँ भनेको हुँ”

बिआरटीनेपाल २०७७ वैशाख १४ गते ७:३७ मा प्रकाशित

नेकपाका नेता वामदेव गौतमले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज भएपछि पनि पार्टीभित्र अनेकौँ समस्या उत्पन्न भएको र ती समस्या समाधानका लागि सचिवालयसँगै स्थायी कमिटी बैठक डाक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको प्रष्ट पार्नुभएको छ ।

गौतमले पार्टीमा उत्पन्न समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर नभई प्रधानमन्त्री ओलीले प्रत्यक्ष छलफल गरेर सबै किसिमका विचारहरुको सामना गर्न सकिने सुझाव ओलीलाई दिएको बताउनुभयो । आइतबार एक प्रेस नोट जारी गर्दै नेता गौतमले प्रधानमन्त्री ओलीले आफ्ना कुरा धैर्यतापूर्वक सुन्नुभएको समेत बताउनुभएको छ । नेता गौतमले आफू र प्रधानमन्त्री ओलीबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको आफूले थाहा पाएको नोटमा उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय