अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

मुलुकमा कोरोना संक्रमित ५२ पुगे, थप ४ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ वैशाख १४ गते ७:२७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आइतबार वीरगञ्जका थप २ जना र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण भएका मध्ये आइतबार थप चार जना निको भई घर फर्किएका छन् । योसहित १६ जना उपचारपछि निको भई अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भएका हुन् । सोही अस्पतालमा उपचाररत अरु ३ जनापनि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाका अनुसार धनगढीमा १, वीरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय