स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ५१ हजार ३ सय ६७ वटा कुल परीक्षण भएको जानकारी दिएको छ। गत चौबीस घन्टामा २ हजार ९६ वटा परीक्षण भएको हो । पिसिआरबाट ९ हजार ९ सय ३१ जनाको कुल परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले हाल देशभर १७ हजार २५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । आइसोलेसनमा भने कुल ११० जना रहेको र उनीहरुमध्ये उपत्यकाभित्र ६ जना र उपत्यका बाहिर १०४ जना रहेको डा. देवकोटाको भनाई छ ।
यस्तै रेडजोनमा देशभर २ सय ९६ जना रहेको र गत चौबीस घन्टामा ६ जना रेड जोनमा परेको मन्त्रालयले जनाएको छ ।सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ । प्रदेशका ८ वटै जिल्लामा नमूना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएको बताईएको छ ।
