अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 20:01

चीनमा कोरोना देखिएलगत्तै अमेरिकामा पनि फैलिएको अमेरिकी अनुसन्धानकर्ताहरुको दावी

बिआरटीनेपाल २०७७ वैशाख १३ गते २२:१२ मा प्रकाशित

अमेरिकाका धेरै शहरमा कोरोना भाइरस फैलिएको हुनसक्ने अुनमान गरिएको छ । न्युयोर्क टाइम्सले प्रकाशित गरेको अमेरिकी एक विश्वविद्यालयले गरेको अनुसन्धान प्रतिवेदन अनुसार अमेरिकामा कोरोनाका बिरामी देखा पर्नुअघि नै यसको महामारी फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकामा पहिलो पटक मार्च १ मा कोरोनाको पहिलो बिरामी फेला परेका थिए ।त्यसअघि नै संक्रमण फैलिए पनि सर्वसाधारणले बेवास्ता गरेको प्रतिवेदनले औंल्याएको छ । कोरोनाको परीक्षण सुरु हुनुअघि नै विभिन्न शहरमा कोरोनाको संक्रमण भयावह अवस्थामा पुगिसकेको प्रतिवदेनमा उल्लेख छ ।

चीनमा कोरोनाको संक्रमण बढेसँगै फेब्रुअरीदेखि नै अमेरिकामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुलाई उध्रित गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकाका पाँच प्रमुख शहरहरुमा मार्च पहिलो हप्तासम्म २० जनामा मात्र कोरोना भएको पुष्टि भएको थियो ।

तर प्रतिवदनअनुसार सोही समयमा ती शहरमा करिब तीन हजार मासिन संक्रमित भएका थिए । पश्चिमी अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीका स्वास्थ्य अधिकारीहरुका अनुसार वासिङ्टनको किर्कल्याण्डमा फेब्रुअरी २९ मा कोरोनाका कारण पहिलो संक्रमितको मृत्यु हुनुभन्दा तीन साताअघि नै एक जनाको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू