अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 20:17

भारतमा लकडाउन खुकुलो, पसल खोल्न अनुमति

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:२९ मा प्रकाशित

भारतले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले सूचना जारी गरी आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने जनाएको हो । पसलमा ५० प्रतिशतभन्दा बढी कामदार राख्न नपाइने र कामदारले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

मदिरा पसलहरू खोल्न अनुमति दिइएको छैन भने अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्रमा भने पसल खोल्न पाइने छैन । डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने विकल्प दिइएको छ ।

बीबीसीका अनुसार केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुका चार जिल्लालाई उच्च निगरानीमा राखेको छ । भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्म लकडाउन घोषणा गरिएको थियो भने संक्रमित बढ्दै गएपछि लकडाउन २१ वैशाखसम्मका लागि लम्ब्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू