अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 20:33

विश्वभर कोरोना भाईरस (कोभिड–१९) का कारण २ लाख ३ हजार ८ सय बढीको मृत्यु, २९ लाख ४० हजार ५९ संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:२८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ३ हजार ८ सय ३ बढीको ज्यान गएको छ । कोरोना संक्रमित ८ लाख ४१ हजार ७ सय ५१ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २९ लाख ४० हजार ५९ जना संक्रमित भएका छन् ।

आईतबार साँझसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ५४ हजार २ सय ६५ जनाको ज्यान गएको छ भने ९ लाख ६० हजार ८ सय ९६ जनामा संक्रमण भेटिएको छ । १ लाख १८ हजार १ सय ६२ जना उपचारपछि निको भएका छन् । इटालीमा २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ३ सय ५१ जना संक्रमित हुँदा ६३ हजार १ सय २० उपचारपछि घर फर्किएका छन् । स्पेनमा २२ हजार ९ सय २ जनाको ज्यान जाँदा २ लाख २३ हजार ७ सय ५९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २२ हजार ६ सय १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ६१ हजार ४ सय ८८ जनामा संक्रमण फेला परेको छ । बेलायतमा २० हजार ३ सय १९ जनाको ज्यान गएको छ र १ लाख ४८ हजार ३ सय ७७ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ७ सय १० र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ८ सय ७७ र बेल्जियममा ७ हजार ९४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ८ सय २६ जनाको ज्यान गएको छ भने २६ हजार ९ सय १७ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५ हजार ९ सय ३९ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय ६९ जनाको ज्यान जाँदा १२ हजार ७ सय २३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ८ सय ६६ रहेको छ ।

बंगलादेशमा १ सय ४५ जनाको ज्यान जाँदा ५ हजार ४ सय १६ जना संक्रमित छन् । अफगानिस्तानमा ५० जनाको मृत्यु हुँदा १ हजार ५ सय ३१ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ४ सय ७१ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ सय ७७ , नेपालमा ५२ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू