अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

कीर्तिपूरमा तनाव, सडकमा विद्यार्थीमाथि निर्घात कुटपिट

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:२५ मा प्रकाशित

राजधानीको कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीट गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो । शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण प्रहरीले जनाएको छ । विद्यार्थीलाई सडकमा लडाएर टाउकोमा लात्ती प्रहार गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सुरक्षा माग्दै प्रहरी वृत्त कीर्तिपुर जाँदै गर्दा विद्यार्थीहमाथि कुटपीट भएको जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका नेता रुप नारायण श्रेष्ठले जानकारी दिनुभयो । राहत वितरणको विषयमा विवाद भएपछि विद्यार्थी नेता हेमराज थापाको सुरक्षाको माग गर्दै कीर्तिपुर चौकीमा आक्रमण गरिएको विद्यार्थीहरुले बताएका छन् । जारी लकडाउनका बेला कीर्तिपूरमा विद्यार्थीहरुले राहत नपाएको विषयबाट विवाद सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय