स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’बाट ९ हजार ६ सय ६६ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो ।
यस्तै, हाल प्रदेशहरुमा २५ हजार ४ सय ४६ जनाको आरडीटी परीक्षण गरिएको उल्लेख गर्दै उहाँले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी ७ हजार ९ सय ५६ जना ‘क्वारेन्टाइन’मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको बताउनुभयो ।
यसैबीच, भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको मन्त्रालयले जानकारी गराएको छ । गर्मीयाम सुरु भएसँगै औलोको खतरा पनि बढेको भन्दै डा. देवकोटाले क्वारेन्टाइनमा रहेकाहरुमा पनि औलो देखिएको बताउनुभयो ।
