अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

देशभरका मस्जिद तथा मदरसामा रहेका धर्मगुरुहरुको स्वाव परिक्षण गर्न मुस्लिम आयोयको आग्रह

बिआरटीनेपाल २०७७ वैशाख १२ गते २२:१० मा प्रकाशित

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले देशभरका मस्जिद तथा मदरसामा रहेका धर्मगुरुहरुको स्वाव संकलन तथा परिक्षण गर्न स्वास्थ्यमन्त्रालयसंग आग्रह गर्नुभएको छ । उहाँले सबै मुस्लिम समूदयका व्यक्तिलाई लकडाउनको पूर्ण रुपमा पालना गर्न र पूर्ण सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ ।

मस्जिदमा नमाज नपढी घरैमा पढ्नको लागि अनुरोध गर्दै रमजानको तरावीको विशेष नमाज पनि घरमै बसी पढ्न सबैलाई उहाँले आग्रह गर्नुभयो । विरगन्ज र उदयपुरमा धेरैको संख्यामा कोरोनाको संक्रमण भेटीएपछि अध्यक्ष अन्सारीले यसप्रती सचेत रहन सबैलाई आग्रह गर्दे अनुगमन र स्वाव परिक्षणका लागि आफ्नै अध्यक्ष्मतामा अनुगमन समिति बनाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय