अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

सरकारले लकडाउनका विषयमा आज निर्णय गर्दै

बिआरटीनेपाल २०७७ वैशाख १२ गते २२:०९ मा प्रकाशित

सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ । झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय