अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३
| Colorodo: 10:18
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको कानुनी अपराधलाई उन्मुक्ति दिन नसकिने बताउनुभयो ।
शर्माले अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दाकै शैलीमा माफी दिइएको’ झै विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन भन्नुभएको छ । यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान हुनुपर्ने र यसमा जो कोहीको संलग्नता रहेपनि इमान्दारीपूर्वक कानुनी कारबाही गर्न काँग्रेसले विज्ञप्तिमार्फत अपिल गरेको छ ।
