अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

भारतले सहयोग गरेको औषधि नेपालमा दर्ता नभएको पाइयो

बिआरटीनेपाल २०७७ वैशाख ११ गते ७:३० मा प्रकाशित

कोरोनाको उपचारका लागि नेपाललाई भारतले सहयोग गरेको औषधि नेपालमा दर्ता नभएको पाइएको छ । भारत सरकारले हिजो उपलब्ध गराएको औषधिको सूचीमा प्यारासिटामोल –३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट तीन लाख २० हजार वटा भएको उल्लेख छ । उक्त औषधि, औषधि व्यवस्था विभागमा भने दर्ता नभएको पाइएको हो । यो अवस्थामा विभागमा दर्ता नभएको औषधिलाई प्रयोगमा निषेध गर्ने प्रावधान छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार प्यारासिटामोल–३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई–२० एमजी ट्यावलेट विभागमा दर्ता छैनन् । विभागमा दर्ता नभएका औषधिहरु साधारण अवस्थामा बिक्री वितरण तथा प्रयोग गर्न मिल्दैन । ती औषधि हिजो नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय