अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

मुलुकमा लकडाउनको एक महिना पुरा

बिआरटीनेपाल २०७७ वैशाख ११ गते ७:२८ मा प्रकाशित

आज सरकारले घोषणा गरेको लकडाउनको १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेको थियो । गत चैत ११ गते बिहान ६ बजेबाट सुरु हुने गरी जारी गरिएको लकडाउनको समय पटक–पटक थप भएर वैशाख १५ गतेसम्म पुर्याईएको छ ।
जारी लकडाउनमा अत्यावश्यक र पासबाहक सवारीबाहेक अन्य साधन सञ्चालन भएका छैनन् । अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ । विभिन्न प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । लकडाउनको समयमा पनि शहर छाडेर बाहिरिनेको संख्यामा भने खासै कमी आउन सकेको छैन । सवारीसाधन बन्द भए पनि हिँडैरै गन्तव्य जाने पैदलयात्रीहरूको संख्या अत्याधिक रहेको छ ।

शहरी क्षेत्रका भिड हुने ठाउँहरू अपेक्षाकृत सुनसान रहे पनि भित्री गल्लीमा केही खाद्यान्न पसल र तरकारी पसलहरू भने खुल्ने गरेका छन् । लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू भने निकै समस्यामा परेका छन् । यसैबीच, सरकारले लकडाउनको समायाबधि पुनः लम्ब्याउने तर स्वरुपमा भने केही परिवर्तन गर्न सकिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय