अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

सरकारविरुद्ध नेविसंघको सड्क प्रदर्शन

बिआरटीनेपाल २०७७ वैशाख ११ गते ७:२५ मा प्रकाशित

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रतिरोध आन्दोलन घोषणा गरेको छ । लोकतन्त्र दिवसको अवसर पारेर संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको सन्देश दिन प्रतिरोध आन्दोलन सुरु गरेको नेविसंघले जनाएको हो ।

बिहीबार नयाँबानेश्वरस्थित संसद भवनअगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले नेपाली कांग्रेसलगायतका दलहरुलाई लोकतन्त्र रक्षाका लागि उत्रिन आग्रह गर्नुभयो । पछिल्लोपटक सरकारले ल्याएका २ वटा अध्यादेश फिर्ता लिन तथा कोरोना संक्रमणविरुद्ध थप पहलकदमी बढाउन माग गर्दै संघले आन्दोलन गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय