अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

बिआरटीनेपाल २०७७ वैशाख ११ गते ७:२१ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ । आज बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । नयाँ बनेको दलको दर्ता नम्बर १ हजार ३ सय ८८ रहेको छ । हिजोराति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो ।

एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो । पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ । नयाँ बनेको दलको नेतृत्व महन्थ ठाकुरले गर्ने सहमति भएको छ ।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टी एकताको जानकारी गराएका छन् । सभामुखको सचिवालय सिंहदरबार पुगेर जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतले पार्टी एकता भएको र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी गराउनुभएको हो ।

निर्वाचन आयोगले नयाँ दल दर्ता भएको जानकारी गराएपछि संसद सचिवालयले उनीहरुका लागि बस्ने ठाउँ लगायतको व्यवस्था गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय