अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४
| Colorodo: 18:09
बागलुङको पहिलो तथा नेपालको पाँचौ कोरोना संङ्क्रमित १९ बर्षीया अंशु सापकोटाको पाँचौ स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यससँगै पाँचौ पटकमा उनलाई संङ्क्रमण नभएको पाइएको छ । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत युवतीलाई १५ चैतमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
चारपटक सम्म पोजेटिभ देखिएपनि पाँचौ पटकको स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । सापकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको २४ घण्टा भित्र अर्को छैठौं स्वाब संकलन गरि परिक्षणका लागि पठाईने छ । उक्त स्वाबको रिपोर्ट पनि नेगेटिभ आएमा सापकोटालाई अस्पतालबाट डिस्चार्ज गरिने छ ।
