अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

तत्काल संसद अधिवेशन बोलाउन काँग्रेससहित बिपक्षी दलहरुको माग

बिआरटीनेपाल २०७७ वैशाख १० गते २२:२० मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित बिपक्षी दलहरुले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन । उनीहरुले अध्यादेश फिर्ता लिन माग गर्दै ६ बुँदे साझा धारणा सार्वजनिक गरेका छन् । काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठकमा समाजवादी, राजापा र राप्रपाका नेताहरु सहभागी थिए । काँग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अरु राजनीतिक दल, सरोकारवालासँग पनि छलफल गर्ने निर्णय भएको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यही वैशाख १७ गते दिउँसो १ बजे बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ । सरकारले ल्याएका दुई अध्यादेशको विषयमा बंठकमा प्रमुख रुपमा छलफल हुने जनाइएको छ ।

कांग्रेसका ११ जना केन्द्रीय सदस्यहरुले वर्तमान सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय