अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

विश्वभर कोरोना भाईरस (कोभिड–१९) का कारण १ लाख ७८ हजार ६ सय बढीको मृत्यु, २५ लाख ७५ हजार ८ सय भन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख ९ गते २२:०२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ७८ हजार ६ सय ६९ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ७ लाख ४ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २५ लाख ७५ हजार ८ सय ७५ जना संक्रमित भएका छन् ।

बुधबार साँझसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ४५ हजार ३ सय ४३ जनाको ज्यान गएको छ भने ८ लाख १९ हजार १ सय ७५ जनामा संक्रमण भेटिएको छ । ८२ हजार ९ सय ७३ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ भने १ लाख ८३ हजार ९ सय ५७ जना संक्रमित हुँदा ५१ हजार ६ सय उपचारपछि घर फर्किएका छन् । स्पेनमा २१ हजार ७ सय १७ जनाको ज्यान जाँदा २ लाख ८ हजार ३ सय ८९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २० हजार ७ सय ९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार ५० जनामा संक्रमण फेला परेको छ । बेलायतमा १७ हजार ३ सय ३७ जनाको ज्यान गएको छ र १ लाख २९ हजार ४४ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ३ सय ९१ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार १ सय र बेल्जियममा ६ हजार २ सय ६२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ६ सय ४५ जनाको ज्यान गएको छ भने २० हजार १ सय ७८ जनामा संक्रमण देखिएको छ । त्यहाँ ३ हजार ९ सय ७६ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय ९ जनाको ज्यान जाँदा ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार १ सय ५६ रहेको छ ।

बंगलादेशमा १ सय २० जनाको ज्यान जाँदा ३ हजार ७ सय ७२ जना संक्रमित छन् । अफगानिस्तानमा ४० जनाको मृत्यु हुँदा १ हजार १ सय ४३ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय २१ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा ८६, नेपालमा ४५ र भुटानमा ६ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय