अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८
| Colorodo: 03:53
कविता
अट्टालिकाहरूको माझमा
पुरानो दुर्गझैँ
यो शरीर जीर्ण होला
नौजवान नहोला
म मान्दछु
भालिभाँती जान्दछु,
नदीहरूको नादमा
सङ्गीतको सिम्फोनी मिसाएर
फूलहरूको वासन्ती उत्सवमा
कलकलाउँदा लहराहरू समात्दै
तिम्रो देश आउने छु
मेरो प्रिय प्रदेशमा रमाउने छु
गणित टेकेर
मनहरू कहिल्यै धरहरा चढ्दैनन्
इच्छाहरू छेकेर
धुनहरू कहिल्यै हराभरा हुँदैनन्
समयले बुझ्दैन यो कुरा
तीर्यक कामना
र आपरीवर्तित दृश्य,
साँच्चै भनूँ
म तिम्रो सुन्दरतामा
बहोस् भएको छु
मद्होस भएको छु ।