अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

धादिङमा चट्याङ लागेर २ जनाको मृत्यु, ७ जना घाइते

बिआरटीनेपाल २०७७ वैशाख ८ गते २२:३९ मा प्रकाशित

हावाहुरी र असिनासँगै सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका–३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानकारी दिनुभयो ।

गम्भीर घाइते अर्का एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय