अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६
| Colorodo: 22:11
नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक मंगलबार बस्दैछ । सरकारले दल विभाजन र संवैधानिक परिषदमा विपक्षी नेताको व्यवस्था खारेज गर्ने सम्बन्धी अध्यादेश ल्याएपछिको छलफलका लागि कांग्रेस पदाधिकारीको बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बस्ने बैठकमा अध्यादेश र त्यसपछिको परिवेशबारे छलफल हुने जनाइएको छ ।
सत्तारुढ दल नेकपाभित्रै सो अध्यादेशको गम्भीर विरोध भइरहेको छ । यस्तै संविधानविदहरुले पनि अध्यादेशले संविधान नै संशोधन गरेको भन्दै आपत्ति जनाएका छन् ।
