अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३
| Colorodo: 13:08
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्रको हत्याराको आरोप लगाउनुभएको छ । उहाँले सिंगो देश एकढिक्का भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नुलाई सरकार रसतालतिर भाँसिएको टिप्पणी गर्नुभएको छ ।
डा. भट्टराईले ट्वीटमार्फत् भन्नुभएको छ , ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भएपनि यो लोकतन्त्रविरुद्ध गम्भीर अपराध हो ।’ भट्टराईले लेख्नुभएको छ , ‘सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’
