अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

नेकपा सचिवालय बैठक- पछिल्लो राजनीतिक अबस्थाबारे छलफल

बिआरटीनेपाल २०७७ वैशाख ८ गते ८:३२ मा प्रकाशित

सत्तारुढ नेकपा पार्टीको सचिवालय बैठकमा मुलुकको पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आजै मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो ।

स्रोतका अनुसार मन्त्रिपरिषद्ले दुई अध्यादेश ल्याउने निर्णय गरेपछि अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता गर्नुभएको थियो । उहाँले आफूसँग सल्लाह नगरी अध्यादेश ल्याउने निर्णय गरिएको बारे प्रश्न गरेपछि ओलीले प्रचण्डलाई भेट गर्न बालुवाटार बोलाउनुभएको थियो । तर, अध्यक्ष प्रचण्डले यो विषयमा सचिवालयमै छलफल गर्न उपयुक्त हुने बताएपछि बालुवाटारमा बैठक बसेको हो ।

नेकपा स्रोतका अनुसार प्रचण्डले राजधानी बाहिर रहेका पूर्व माओवादी पक्षका स्थायी समिति सदस्यहरुलाई काठमाडौं बोलाउनुभएको छ । प्रचण्डनिकट नेता हरिबोल गजुरेलका अनुसार अध्यादेश जारी हुँदैंछ भन्ने सामान्य सूचना यसअघिनै प्रचण्डलाई थियो । आईतबार आफ्नो कुराकारी हुँदा प्रचण्डले त्यो संकेत गरेको नेता गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय