अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 16:56

कोरोना (कोभिड–१९) का कारण विश्वभर १ लाख ६६ हजार बढीको मृत्यु, ६ लाख ३६ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख ८ गते ८:२० मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ६६ हजार ४१ जनाको ज्यान गएको हो । कोरोना संक्रमित ६ लाख ३६ हजार ६७ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २४ लाख २३ हजार ४ सय ९८ जना संक्रमित भएका छन् ।

बल्र्डोमिटर्सले जनाएअनुसार सोमवार साँझसम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ४० हजार ५ सय ६५ जनाको ज्यान गएको छ भने ७ लाख ६४ हजार २ सय ६५ जनामा संक्रमण भेटिएको छ । ७१ हजार ७२ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ९ सय ७२ जना संक्रमित हुँदा ४७ हजार ५५ जना उपचारपछि घर फर्किएका छन् । स्पेनमा २० हजार ८ सय ५२ जनाको ज्यान जाँदा २ लाख २ सय १० जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १९ हजार ७ सय १८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५२ हजार ८ सय ९४ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १६ हजार ६० जनाको ज्यान गएको छ र १ लाख २० हजार ६७ जनामा संक्रमण देखिएको छ ।

इरानमा ५ हजार २ सय ९ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ६ सय ४२ र बेल्जियममा ५ हजार ८ सय २८ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ५ सय ५९ जनाको ज्यान गएको छ भने १७ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ८ सय ५४ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा १ सय ७६ जनाको ज्यान जाँदा ८ हजार ४ सय १८ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ७० रहेको छ ।

बंगलादेशमा १ सय १ जनाको ज्यान जाँदा २ हजार ९ सय ४८ जना संक्रमित छन् । अफगानिस्तानमा ३३ जनाको मृत्यु हुँदा १ हजार २६ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय ३ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा ५२, नेपालमा ३१ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू